Logo

रविका ड्राइभर छटतबाट हाम फालेका कि कसैले फालेको हो ?: सुवोधराज शेर्पाली



काठमाडौं, ४ वैशाख । नेकपा (माओवादी केन्द्र) निकटको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) का केन्द्रीय अध्यक्ष सुवोधराज शेर्पालीले रवि लामिछानेका ड्राइभरलाई मध्यरातमा कसैले फालिदिएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

आज (सोमबार) सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘रवि लामिछानेको ड्राइभर छतबाट हाम फालेको हो कि कसैले मध्यरातमा फालेको हो ? अरु नै केही हो छानबिन गरियोस्,’– उनले लेखेका छन् ।

आज बिहान करिब ४ बजेको समयमा भरतपुर महानगरपालिका–११ स्थित घरको छतबाट खसेर सवारी चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षिय शम्भु भन्ने दिल बहादुर थापा घाईते भएका थिए ।

अहिले उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot