Logo

नेपालमा यतिधेरै पार्टीको आवश्यकता छैन: माओवादी नेता पौडेल (भिडियोसहित)



काठमाडौं, ४ वैशाख । नेकपा (माओवादी) केन्द्रका सचिव देवेन्द्र पौडेलले माओवादी र एमाले मिलेर बनेको तत्कालीन नेकपा जोगाउन नसक्नु गलत भएको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संविधानको प्रस्तावनामा लेखिएको समाजवाद उन्मुख राष्ट्र बनाउनका लागि वामपन्धी शक्तिहरुको एकताको विकल्प नरहेको बताएका हुन् ।

‘नेकपाको एकता भएको थियो, त्यसलाई जोगाउन पथ्र्यो । स्थानीय निर्वाचनमा नेपालमा वामपन्थी लोकतान्त्रिक पृष्ठभूमिमा उभिएकाहरुले त्यो पीडा व्यहोर्नु पर्यो । भोलि भविष्यमा संविधानको प्रस्तावनामा लेखिएकोझैं हामीले देशलाई समाजवाद उन्मुख लिएर जाँदैछौं भन्ने कुराको कार्यान्वयन गर्ने हो भने यतिधेरै पार्टीहरुको हाम्रो देशमा आवश्यकता छैन,’– उनले भने ।

सबै रिस, राग र आवेग त्यागेर माओवादी शक्तिहरु एक ठाउँमा आउनु र विस्तारै कम्युनिष्ट शक्तिको एकता अपरिर्हाय भएको उनले बताए । नेपालमा वामपन्थी एकता राष्ट्रिय, अन्तराष्ट्रिय चाहना भएको उनको भनाई छ । ‘वामपन्थी पार्टीहरुले भविष्यमा एकता खोज्नु जनताको चाहना हो । अन्तराष्ट्रिय चाहना हो,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot