Logo

दाहाल–देउवाको मिलेको केमेष्ट्रीः एउटै गाडीमा बालकोट सरर



काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित तीन दलका शीर्ष नेताको बैठक सम्पन्न भएको छ । आज (सोमबार) नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको बैठकमा एमाले अध्यक्ष ओली, प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे लगायतका शीर्ष व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

आजको बैठकमा लामो समयदेखि रिक्त रहेको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउने र टिआरसी विधेयकका बारेमा छलफल भएको छ । बैठकमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा एउटै गाडीमा बालकोट पुगेका थिए । File Photo/Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot