Logo

उपेन्द्रलाई जिताउन प्रचण्ड,देउवा बारा झर्दै



काठमाडौं, ४ वैशाख । पाँच दलीय गठबन्धनले आगामी वैशाख ७ गते बारामा चुनावी सभा गर्ने भएको छ । चुनावी सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

पाँच दलीय गठबन्धनले बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई साझा उम्मेदवार बनाएको छ । जसपा केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बाराको बरियापुरमा चुनावी सभा हुने बताए ।

‘उपनिर्वाचनको पूर्व सन्ध्यामा बाराको बरियापुरका आगामी वैशाख ७ गते आमसभा हुँदैछ । आम सभामा गठबन्धन दलका शीर्ष नेताहरु प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाल, महन्थ ठाकुर लगायतका नेताले सम्बोधन गर्नेछन्,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै बस्नेतले भने ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot