काठमाडौं, ४ वैशाख । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता किसान श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. स्वर्णिम वाग्लेलाई तनहुँका जनता झुक्याउने काम नगर्न चेतावनी दिएका छन् ।
आज (सोमबार) तनहुँको चुनावी सभालाई सम्बोधन गर्दै उनले तनहुँ जिल्ला रिस पोख्ने ठाउ नभएको बताएका हुन् । साथै, आगामी वैशाख १० गते हुने उप निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन उनले आग्रह गरे । भट्टराईले १० हजार भन्दा बढी मतान्तरले जित्ने पनि उनको दाबी छ ।
‘तनहुँका जनतालाई झुक्याउने काम नगर । यहाँ आगो ओकल्ने काम नगर । तिम्रा दाई भाउजुसँग रिस उठ्यो भनेर रिस पोख्ने ठाउँ होइन तनहुँ जिल्ला । हामीले वैशाख १० गते देखाउने छौं । यो क्षेत्रमा कसरी र कति मतले जिताउने भन्ने तपाई हाम्रो हात छ,’– उनले भने ।