Logo

मेयर बालेनको निर्णयविरुद्ध सर्वोच्चमा रिट



काठमाडौं, ४ बैशाख । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र उर्फ बालेन शाहको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

मेयर बालेनको सिंहरदरबार परिसर भित्रको फोहोर नउठाउने निर्णयविरुद्ध सोमबार सर्वोच्चमा रिट दायर भएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र काठमाडौं महानगरपालिकाका मेयर बालेनलाई विपक्षी बनाएर अधिवक्ता पदम श्रेष्ठले रिट दायर गरेका हुन्।

रिटमा आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने दायित्व महानगरपालिकाको भएकाले कानून विपरित फोहोर संकलन नगरेकाले तत्काल संकलन गरी ल्याण्डफिल्ड साइडमा लैजान र नियमित फोहोर संकलन र विसर्जन गर्न माग गरिएको छ।



प्रतिक्रिया दिनुहोस्