पर्सा, ४ बैशाख । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको लागि आफूले सरकारको तर्फबाट हुने सक्दो सहयोग गराउने प्रतिवद्धता जाहेर गरेका छन्।
गृहजिल्ला भ्रमणका क्रममा सोमबार पर्साको जगरनाथपुर गाउँपालिका-३ विजवनियामा नवनिर्मित वडा कार्याल भवन, बर्थिङ सेन्टर तथा जनस्वास्थ्य प्रयोगशालाको उद्घाटनको क्रममा मन्त्री रिजालले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यकता रहेको औल्याएका हुन्।
गाउँपालिका कार्यालयले निर्माण सम्पन्न गरेको योजनाको कार्यक्रमकामा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले भने वडा कार्यालय संचालनले सहज हुनुको साथै बर्थिङ सेन्टर र प्रयोगशालाबाट स्थानीयले सहजै सेवा पाउने बताएका थिए।
उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति एवं प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, प्रदेश सभा सदस्य शंकर चौधरी, कांग्रेस मधेस प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, महाअधिवेशन प्रतिनिधिहरु वशिष्ठ नारायण कुर्मी, सहरुम राउत गदी, रामदेव चौहान, कांग्रेस पर्साका प्रवक्ता रमेश पान्डे, जिल्ला सह सचीव नवीन सिंह, कोषाध्यक्ष प्रेम थापा, क्षेत्रीय सचीव बालिस्टर अहमद, मन्त्री रिजालका स्वाकिय सचिव राकेश यादव, प्रमुख प्रशासकीय अधिकृत कृष्ण नन्द राय, वडाध्यक्ष सुभाष यादवलगायतको उपस्थिति रहेको थियो।