Logo

वैशाख– १० उपनिर्वाचनः कांग्रेस महामन्त्रीद्वय र माओवादी महासचिव होमिए तनहुँमा



काठमाडौं, ४ वैशाख । नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगनकुमार थापा र नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ तनहुँ जाने भएका छन् । वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईको चुनावी आमसभामा सहभागी हुनका लागि उनीहरु भोलि (वैशाख–५ गते) तनहुँ जान लागेका हुन् ।

तनहुँमा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट भट्टराई, नेकपा (एमाले) बाट पूर्व आईजिपी सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले चुनावी मैदानमा रहेका छन् । उपनिर्वाचन आगामी वैशाख १० गते हुने छ । तनहुँ–१ बाट गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भएका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उक्त क्षेत्रमा पनि उपनिर्वाचन हुन लागेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot