Logo

जी-७ राष्ट्रका विदेश मन्त्रीहरूद्वारा विकासशील देशहरू बीच घनिष्ठ सम्बन्धमा जोड



एजेन्सी । विकासोन्मुख देशहरूसँगको सम्बन्धलाई बलियो बनाउनु पर्ने जी-७ राष्ट्रका विदेशमन्त्रीहरूले जोड दिएका छन्।

जापानको केन्द्रीय रिसोर्ट शहर कारुइजावामा जी-७ राष्ट्रका विदेशमन्त्रीहरूले सोमबार दोस्रो दिन पनि सो बारेमा थप वार्ता जारी राखेका छन्।

जापानी विदेशमन्त्री योशिमासा हयाशीले भेलालाई सम्बोधन गर्दै विकासोन्मुख देशहरूले विभिन्न समस्याहरूको सामना गरिरहेको र ती समस्याहरू समाधान गर्न मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन्।

हयाशी र उनका समकक्षीहरू तीन दिने बैठकको लागि आइतबार दिउँसो कारुइजावा आइपुगेका हुन्।

जी-७ शिखर सम्मेलन आगामी मे महिनामा जापानी शहर हिरोशिमामा हुँदैछ।



प्रतिक्रिया दिनुहोस्