Logo

चितवन– २ का जनताले रवि लामिछानेबाहेक अरुको नामै सुनेका छैनन्– राजनीतिक विश्लेषक केसी



काठमाडौं, ५ वैशाख । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले चितवन– २ का जनताले आगामी उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेबाहेक अरुको नाम पनि सुन्न नचाहेको खुलासा गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पुराना दललाई दण्डित गर्नका लागि मतदाताले लामिछाने भन्दा अन्य उम्मेदवारको नाम सुन्न नचाहेको बताएका हुन् ।

‘चितवन–२ मा रवि लामिछानेबाहेक अरु उम्मेदवारको त मैले नाम पनि सुनेको छैन । चितवनका जनता रवि लामिछाने भन्दा अरुको कुरै सुन्न चाँहदैनन् । यसको कारण पुराना दलसँग मान्छे रिसाएका छन् । परिवारवाद, नातावाद, स्वास्नीवाद, नालायकको अनुहार हेर्दै रिस उठ्ने । त्यो क्रोध मतदाताले त्यहाँ लगेर खन्याएका छन्,’– डा.केसीले भने ।

रास्वपाका उम्मेदवार लामिछानेको मत घट्ने आकलन गरिएपनि त्यसको विपरीत परिणाम आउने उनको दाबी छ । ‘रास्वपाको जनमत घट्नुपर्ने तर मान्छेहरु पहिलेको भन्दा बढ्छ भन्छन् । कारण रवि लामिछाने पनि अनेक प्रकरणमा जोडिए । चिनवनका जनतालाई नयाँ पार्टी र नयाँ अनुहार होइन,यिनीहरु दण्डित हुनुपर्छ भन्ने हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot