Logo

नालायक भन्दै गृहमन्त्रीविरुद्ध प्रदर्शन (फोटोफिचर)



काठमाडौं, ५ वैशाख । मिटरब्याज पीडितहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध प्रदर्शन गरेका छन् । मिटरब्याज पीडितको आन्दोलनमा प्रहरीले दमन गरेपछि उनीहरुले गृहमन्त्री श्रेष्ठको विरोध गरेका हुन् । पीडितहरुले ‘कम्युनिष्टको खोल ओढेका सामन्ति गृहमन्त्री, नालायक गृहमन्त्री’ लगायतका प्लेकार्ड बोकेर गृहमन्त्री श्रेष्ठविरुद्ध प्रदर्शन गरेका हुन् ।

‘पीडितको पक्षमा छु भन्ने र आफैं दमन गर्ने यो ढोङ हामीलाई चाहिएको छैन । हामी गृहमन्त्रीको ढोङ्गी व्यवहारबाट प्रष्ट भएका छौं । अहिलेको गृह प्रशासन हाम्रो मागप्रति यतिधेरै अनुदार छ, यो कुरा हिजोको घटनाले पुष्टि भइसकेको छ,’– एक पीडितले भने ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot