Logo

वैशाख–१० उपनिर्वाचनः प्रधानमन्त्री प्रचण्डसहित गठबन्धनका शीर्ष नेता तनहुँ जाने



काठमाडौं, ५ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ सहित गठबन्धन दलका शीर्ष नेताहरु तनहुँ जाने भएका छन् । गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईको चुनावी आमसभालाई सम्बोधन गर्न गठबन्धन दलका शीर्ष नेता तनहुँ जाने भएका हुन् ।

भोलि(बुधबार) हुने चुनावी आम सभालाई सम्बोधन गर्न नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्ड तनहुँ जना लागेका हुन ।

गत मंसिर ४ गते भएको आमनिर्वाचनमा तनहु–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

तनहुँ– १ को चुनावी सभालाई आज कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगनकुमार थापा र नेकपा (माओवादी केन्द्र) का महामन्त्री देव गुरुङले सम्बोधन गर्नेछन् । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्

Screenshot