Logo

मलेसियाले दियो नेपाललाई २३६ रनको लक्ष्य



काठमाडौं,५ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत नेपालसँगको जारी खेलमा मलेसियाले नेपाललाई २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङगर्दै मलेसियाले पुरा ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३५ रन बनाएको हो ।

मलेसियाको लागि अह्मद फइजले सर्वाधिक ७६ रन बनाए । ९५ बलको सामना गरेका फइजले १ छक्का र ८ चौकाको मद्दतले ७६ रन बनाएका हुन् । त्यस्तै विरन्दीप सिंहले ४६,मोह्मद अमिरले १७ तथा सेयद्द अजिजले १३ र भिजय उन्नीले १२ रनको योगदान गरे ।

नेपालको लागी सोमपाल कामी र सन्दीप लामिछानेले तीन – तीन तथा ललित राजवंशीले २ र गुल्सन झाले एक विकेट लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot