काठमाडौं, ५ वैशाख । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरको संघीय संसद् भवनमा १ बजेदेखि बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश हुने कार्यसूची छ।
यस्तै राष्ट्रिसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने तयारी छ। संसदमा दर्ता भएका महत्त्वपूर्ण विधेयक अघि नबढ्दा बैठक सामान्य कार्यसूचीमा अल्झिँदै आएको छ।