Logo

सरकारले मिटरब्याज पीडितको माग समयमै सम्बोधन नगरे राप्रपापनि सडकमा जान्छ : अध्यक्ष लिङदेन



काठमाडौं, ५ बैशाख । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्‍देनले सरकारले मिटरब्याज पीडितको माग समयमै सम्बोधन गर्न र नगरे राप्रपापनि सडकमा जाने चेतावनी दिएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै अध्यक्ष लिङदेनले सरकारले मिटरब्याज पीडितको माग समयमै सम्बोधन गर्न र नगरे राप्रपापनि सडकमा जाने चेतावनी दिएका हुन्।

उनले भने, ‘सरकारले मिटरब्याज पीडितहरु र तराइमा आन्दोलनरत हरवाचरवाहरुको मागलाई समयमै सम्बोधन गरोस्। अन्यथा जिम्मेवार राजनीतिक पार्टीको नातो राप्रपा उनीहरुको साथमा सडक संघर्षमा जानेसमेत घोषणा गर्न चाहन्छु।’



प्रतिक्रिया दिनुहोस्