काठमाडौं,५ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको जारी खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ ।
नेपालका ब्याट्सम्यान कुशल भुर्तेल ३८ रन बनाउदै बाहिरिएका छन् उनले ३१ बल खेल्दै २ छक्का र ५ चौकासहित ३८ रन बनाएका थिए ।
मलेसियाले दिएको २३६ रनको लक्ष्य पछ्याईरहेको नेपालले ताजा अवस्थामा ११ ओभरको खेल चलिरहँदा दुई विकेटको क्षतिमा ६२ रन बनाएर खेलिरहेको छ । नेपालका आशिफ शेख ३ रन बनाएर आउट भए भने कुशलले ३८ रन बनाए । अहिले नेपालको क्रिजमा भीम सार्की ८ र कप्तान रोहितकुमार पौडेल ९ रन बनाएर खेलिरहेका छन् ।
यसअघी कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङगर्दै मलेसियाले पुरा ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३५ रन बनाएर नेपाललाई २३६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
मलेसियाको लागि अह्मद फइजले सर्वाधिक ७६ रन बनाए । ९५ बलको सामना गरेका फइजले १ छक्का र ८ चौकाको मद्दतले ७६ रन बनाएका हुन् । त्यस्तै विरन्दीप सिंहले ४६,मोह्मद अमिरले १७ तथा सेयद्द अजिजले १३ र भिजय उन्नीले १२ रनको योगदान गरे ।
मलेसियालाई मध्यमस्कोरमा समेट्न नेपालका लागी सोमपाल कामी र सन्दीप लामिछानेले तीन तीन तथा ललित राजवंशीले २ र गुल्सन झाले एक विकेट लिएका थिय । file photo