Logo

म गाली होइन, ताली खानेगरी राजनीतिमा प्रस्तुत हुन्छु– सर्वेन्द्र खनाल (भिडियोसहित)



काठमाडौं, ५ वैशाख । पूर्व आईजिपी एवं नेकपा (एमाले) का नेता सर्वेन्द्र खनालले आफू राजनीतिमा ताली खानेगरी आएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको ‘उपनिर्वाचन वहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफू तनहुँवासी जनता र युवाको चाहना अनुसार ताली खानका लागि राजनीतिमा आएको बताएका हुन् ।

‘यो मेरो जन्मथलो पनि हो । यहाँका आम युवाहरुको चाहना पनि थियो आइदिओस् भन्ने । उहाँहरुको पनि चाहना र म पनि राजनीतिमा थिए । पार्टीले मलाई उम्मेदवारका रुपमा खडा गरेको छ । म गाली खान आएको होइन, ताली खानेगरी प्रस्तुत हुन चाहन्छु,’– उनले भने ।

आफूले नेपाल प्रहरीमा रहँदा पनि निष्पक्ष भएर काम गरेको बताउँदै खनालले राजनीतिमा आउँदा एमालेको भयो भन्ने नसोच्न पनि आग्रह गरे । आफू तनहुँ– १ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दैगर्दा सम्पूर्ण देशवासीको भावनाको प्रतिनिधित्व हुने काम गर्ने उनको दाबी छ ।

‘मैले हिजो काम गर्दा पेशागत रुपमा त्यही नै गरेको हो । राजनीतिमा आउँदा एमालेको भयो भन्ने छ । तर, म तनहुँ– १ बाट प्रतिनिधित्व गर्दैगर्दा आम तनहुँ क्षेत्र नम्बर– १ को प्रतिनिधित्व गरेर संसद्मा प्रस्तुत हुँदैगर्दा सबैको भावनाको प्रतिनिधित्व गर्छु,’– उनले भने ।

साथै, तनहुँ– १ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा एमालेको जित सुनिश्चित रहेको पनि उनको दाबी छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot