Logo

बाबुरामले चितवन र तनहुँमा कांग्रेसलाई सघाउने



काठमाडौं, ५ बैशाख । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)ले उपनिर्वाचनमा नेपाली कांग्रेसलाई सघाउने भएको छ।

नेसपाको मंगलबार पार्टी कार्यालयमा बसेको बैठकले बैशाख १० गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा तीन क्षेत्रमध्ये चितवन-२ र तनहुँ-१मा नेपाली कांग्रेसका उम्मेद्‍वारलाई सघाउने निर्णय गरेको हो।

नेपाली कांग्रेसले चितवन-२ मा जितनारायण श्रेष्ठ र तनहुँ-१ डा गोबिन्दराज भट्टराईलाई चुनावी मैदानमा उतारेको छ।

नेसपाले कांग्रेस सभापति शेरबहादुर देउवालाई पत्र पठाउँदै कांग्रेसका उम्मेद्‍वार सघाउने बताएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot