Logo

बालेनविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा



काठमाडौं,५ वैशाख । काठमाडौं महानगरपालिका मेयर बालेन साहविरुद्धको रिटको पेशी हेर्न नभ्याइनेमा परेको छ ।

कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा परेको रिट समय अभावको कारण हेर्न नभ्याइनेमा परेको हो ।

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनवाई हुने भनिएको थियो ।

अधिवक्ता पदम श्रेष्ठले काठमाडौं महानगरपालिकाले कानुनविपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर संकलन र बिसर्जन गर्नु पर्नेलगायतका माग गर्दै सोमवार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्