Logo

मलेसियाविरुद्ध नेपालको एक सय रन पुरा



काठमाडौं,५ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको जारी खेलमा नेपालले एक सय रन पुरा गरेको छ ।

ताजा अवस्थामा नेपाल १९ ओभरको खेल सकिँदासम्म २ विकेटको क्षतिमा १०२ रन बनाएर खेलिरहेको छ । नेपालका लागि कुशल भुर्तेलले ३८ र आसिफ शेख ३ रन बनाएर बाहिरिए भने अहिले नेपालको क्रिजमा रहेका भीम सार्की २४ र कप्तान रोहितकुमार पौडेल ३४ रन बनाएर खेलिरहेका छन् ।

यसअघी कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङगर्दै मलेसियाले पुरा ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३५ रन बनाएर नेपाललाई २३६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

मलेसियाको लागि अह्मद फइजले सर्वाधिक ७६ रन बनाए । ९५ बलको सामना गरेका फइजले १ छक्का र ८ चौकाको मद्दतले ७६ रन बनाएका हुन् । त्यस्तै विरन्दीप सिंहले ४६,मोह्मद अमिरले १७ तथा सेयद्द अजिजले १३ र भिजय उन्नीले १२ रनको योगदान गरे ।

मलेसियालाई मध्यमस्कोरमा समेट्न नेपालका लागी सोमपाल कामी र सन्दीप लामिछानेले तीन तीन तथा ललित राजवंशीले २ र गुल्सन झाले एक विकेट लिएका छन् । file photo 



प्रतिक्रिया दिनुहोस्

Screenshot