Logo

संसद्मा एमाले सांसद पन्तको प्रश्न– ‘विष्पोटक पदार्थ मगाइएको फाईल कसरी भारतीय दूतावास पुग्यो ?’



काठमाडौं, ५ वैशाख । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले मुग्लिन–नारायणगढ सडक खण्डको पुल बनाउन पहरो पुटाउन विष्पोटक पदार्थ माग गरिएको फाईल भारतीय दूतावासमा कसरी पुग्यो भनेर प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले पहरो फुटाउनका लागि विष्पोटक पदार्थ मगाईएको फाईल गृह र रक्षा मन्त्रालयबाट हराएर कसरी भारतीय दूतावासमा पुग्यो भनी प्रश्न गरेका हुन् । उनले यस विषयमा सम्बन्धित मन्त्रालयको जवाफसमेत माग गरेका छन् ।

‘२९ चैत्रको गोरखा पत्रमा एउटा समाचार छापियो– पहरो फुटाउने फाईलनै हरायो । मुग्लिन–नारायणगढ सडक खण्डको पुल बनाउनका लागि पहरो फुटाउन ६ महिना अगाडि विष्पोटक पदार्थ चाहियो भनेर मागिएको फाईल न गृहमन्त्रालयमा फेला पर्छ न रक्षा मन्त्रालयमा फेला पर्छ ? १ गते फेरि अर्को समाचार छापियो– त्यो फाईल फेला पर्यो । त्यो फाईल भारतीय दूतावासमा फेला पर्यो । के हामीले विष्पोटक पदार्थ माग गर्दा फाईल नै पठाउन पर्छ ?’– उनले प्रश्न गरे । File Photo/Reporters Nepal 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot