Logo

मलेसियाविरुद्ध भीम सार्कीको उत्कृष्ट अर्धशतक



काठमाडौं,५ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको जारी खेलमा नेपालका भीम सार्कीले शानदार अर्धशतक प्रहार गरेका छन् ।

७५ बलको सामना गर्दै ४ चौकाको मद्दतले ५० रन पुरा गरेका हुन् ।

यसअघी नेपालका कप्तान रोहितकुमार पौडेल ४२ ,कुशल भुर्तेलले ३८ र आसिफ शेख १ रन बनाएर बाहिरिएका थिए ।

नेपालको क्रिजमा रहेका भीम सार्की ५० र कुसल मल्ल ३० रन बनाएर खेलिरहेका छन् ।
ताजा अवस्थामा नेपाल २९ आभरको खेल चलिरहँदा तीन विकेटको क्षतिमा १६६ रन बनाएर खेलिरहेको छ ।
यसअघी कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङगर्दै मलेसियाले पुरा ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३५ रन बनाएर नेपाललाई २३६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
मलेसियाको लागि अह्मद फइजले सर्वाधिक ७६ रन बनाए । ९५ बलको सामना गरेका फइजले १ छक्का र ८ चौकाको मद्दतले ७६ रन बनाएका हुन् । त्यस्तै विरन्दीप सिंहले ४६,मोह्मद अमिरले १७ तथा सेयद्द अजिजले १३ र भिजय उन्नीले १२ रनको योगदान गरे ।

मलेसियालाई मध्यमस्कोरमा समेट्न नेपालका लागी सोमपाल कामी र सन्दीप लामिछानेले तीन तीन तथा ललित राजवंशीले २ र गुल्सन झाले एक विकेट लिएका थिए ।   file photo 



प्रतिक्रिया दिनुहोस्

Screenshot