Logo

देशलाई आर्थिक संकटबाट जोगाउन साधरण खर्च घटाउँ– अमरेश सिंह



काठमाडौं, ५ वैशाख । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले देशलाई आर्थिक संकटबाट जोगाउनका लागि साधारण खर्च घटान आवश्यक रहेको बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले देशको आर्थिक संकट टार्नका लागि साधारण खर्च घटाएर पुँजीगत खर्च बढाउन आवश्यक रहेको बताएका हुन् ।

‘हामी सबैले भन्ने गर्छौं– आर्थिक संकट छ, राजनीतिक दुर्घटना हुन्छ । हामी आर्थिक संकट कसरी टार्ने भन्ने बारेमा वहस गर्न चाहँदैनौं । आर्थिक संकट समाधानको एउटै उपाय छ, साधारण खर्च घटाउँ, पुँजीगत खर्च बढाऔं ,’– उनले भने ।

साथै, उनले देश आर्थिक संकटमा रहेको बेला प्रदेशमा यतिधेरै मन्त्रीको आवश्यकता नरहेको पनि टिप्पणी गरेका छन् । उनले मधेश प्रदेशको उदाहरण दिँदै ८ जिल्लामा ८ वटा मन्त्रीले जिल्ला चलाए पनि मन्त्रीको संख्या भने १५ वटा भएको बताए । यसलाई उनले पोलिटिकल लुटतन्त्रको संज्ञा दिएका छन् । अहिलेको व्यवस्था भन्दा पनि व्यक्ति र नेतृत्व दोषी रहेको उनको भनाई छ ।

‘प्रदेशमा यत्रो मन्त्री किन आवश्यक छ । मेरो मधेश प्रदेश जम्मा ८ जिल्लाको हो । ८ वटा सिडियोले ८ वटा जिल्ला सञ्चालन गर्छन् । यहाँ त मन्त्री नै १५ वटा चाहियो । यो पोलिटकल लुटतन्त्र हो । यो पोलिटिक लुटतन्त्रले हामी कहीपनि पुग्दैनौं । हामी व्यवस्थालाई दोष दिन्छौं । व्यवस्था होइन् । यहाँको व्यक्ति र नेतृत्व दोषी हो,’– उनले भने । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्

Screenshot