Logo

मलेसियाविरुद्ध नेपाल ६ विकेटले विजयी



काठमाडौं,५ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको उद्धघाटन खेलमा नेपालले शानदार विजयी सुरुवात गरेको छ ।

भीम सार्की र कुशल मल्लको शानदार अर्धशतकको मद्दतले मलेसिया ६  विकेटले पराजित भएको हो ।

मलेसियाले दिएको २३६ रनको लक्ष्य नेपालले ३६.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो ।
नेपाललाई शानदार जित दिलाउन नेपालका भीम सार्कीले ७१ रनको विष्फोटक पारी खेले उनले ९८बलको सामना गर्दै ५ चौकाको मद्दतले ७१ रन बनाए ।  कुशल मल्लले ४० बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै ७० रनको योगदान गरे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रनको योगदान गरे ।

यसअघी कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङगर्दै मलेसियाले पुरा ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३५ रन बनाएर नेपाललाई २३६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

मलेसियाको लागि अह्मद फइजले सर्वाधिक ७६ रन बनाए । ९५ बलको सामना गरेका फइजले १ छक्का र ८ चौकाको मद्दतले ७६ रन बनाएका हुन् । त्यस्तै विरन्दीप सिंहले ४६,मोह्मद अमिरले १७ तथा सेयद्द अजिजले १३ र भिजय उन्नीले १२ रनको योगदान गरे ।

मलेसियालाई मध्यमस्कोरमा समेट्न नेपालका लागी सोमपाल कामी र सन्दीप लामिछानेले तीन तीन तथा ललित राजवंशीले २ र गुल्सन झाले एक विकेट लिएका थिए । file photo 



प्रतिक्रिया दिनुहोस्

Screenshot