Logo

मिटरब्याज पीडितमाथि प्रहरीले दमन गरेको भन्दै राप्रपा सांसद लिङ्देनको आपत्ति



काठमाडौं, ५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद लिङ्देनले मिटरब्याज पीडितमाथि प्रहरी प्रशासनले आक्रमण गरेकामा आपत्ति जनाएका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद लिङ्देनले पीडितमाथि प्रहरी प्रशासनले गरेको दमनमा आपत्ति प्रकट गरेका हुन् ।

निमुखामाथि प्रहरीले आक्रमण गरेर घाइते बनाएको घटनाप्रति उनले दुःख व्यक्त गरे । तराई–मधेशका विभिन्न जिल्लामा हरुवाचरुवाले उठाउँदै आएका माग सम्बोधन गर्न लिङ्देनले सरकारसँग आग्रह गरे । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्

Screenshot