Logo

देउवाले धेरै चेस खेल्नुभएको होला, किनभने धेरै पटक प्रधानमन्त्री हुनुभएको छ : अध्यक्ष तिमल्सिना



काठमाडौं, ५ बैशाख । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुद्धिचाल(चेस) खेल राजनीति गर्नेहरुले पनि राम्रोसँग खेल्यो भने धेरैकुरा जान्ने दाबी गरेका छन्।

मंगलबार नेशनल चेस च्याम्पियनसिप २०२३ को उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले बुद्धिचाल(चेस) खेल राजनीति गर्नेहरुले पनि राम्रोसँग खेल्यो भने धेरैकुरा जान्ने दाबी गरेका हुन्।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीपनि जेलमा रहँदा चेस खेलाडि भएको बताउँदै भने, ‘उहाँ राजनीतिक खेलाडी त हुँदै हो, सबैले बुझेकै छौँ, साँच्चिकै खेलाडी पनि हो। जेलमा हुने खेलहरुमा भलिबल अलिअलि, क्यारेमबोड, चेस, ती सबैमा उहाँलाई कसैले हराउन सक्नु हुँदैन थियो। खेलका कारणले राजनीतिमा जुन ढंगले अहिले भुमिका खेल्नुभएको छ, चेसले यो विकास गरेको हुनुपर्छ।’

यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले पनि चेस खेलाडि भएको हुनुपर्ने भन्दै व्यङ्ग गरे, ‘शेरबहादुर देउवाले धेरै खेल्नुभएको होला, किनभने उहाँ धेरै पटक प्रधानमन्त्री हुनुभएको छ, पुष्पकमल दाहालले खेल्नुभएको होला, जंगलदेखि सदन, सरकार सबैतिर तहल्का मच्चाउनुभएको छ।’



प्रतिक्रिया दिनुहोस्