काठमाडौं, ५ वैशाख । मानिसका रुचि र रहर पनि अनेक हुन्छन् । नेपाली साहित्यमा रुचि राख्ने खलंगा सल्यानकी पवित्रा थापाले पत्र साहित्यमा अर्थपूर्ण दुई कृति प्रकाशित गरेकी छन् । (जेनोलिया) नामक कृतिमा उनले आमालाई सम्बोधन गरेर पत्र लेखेकी छ्न् भने (अभियान) नामक कृतिमा प्रेमपत्र मार्फत सामाजिक सचेतता ीव्स्तार गर्न खोजेकी छ्न् ।
थापाको सानैदेखि साहित्यमा रहर थियो । अहिले पनि उनी लभ स्टोरी लेख्न र पढ्नमा रुचि राख्छिन् । गीत संगीत उनको प्रीय चिज हो । मानवताको घडेरी परिरहेको र प्रेमको बदलामा घृणा फस्टाइरहेको यो जुगमा उनले प्रेम पत्रमार्फत प्रेमिल समाजको परिकल्पना गरेकी छन् । यो अर्थमा पवित्राका दुई कृति महत्त्वपूर्ण छ्न् । उनका कृति समाजलाई सन्देश दिने खाल्का छन् ।
गाउँ वस्तीहरु उजाड भएकोमा पवित्रालाई चिन्ता छ । मुग्लान पसिरहेका हजारौं नेपालीहरुको सपनाहरूप्रती सम्मानभाव छ पवित्राको । आमाले गरेका ती तमाम संघर्ष र खाएका हण्डरलाई पवित्राको पत्र साहित्यले सम्झना गरेको छ । यो पत्र साहित्यले ग्रामिण भेगका हजारौं आमाहरूको कथा बोलेको छ । नेपाली समाजको पीडा र आक्रोशलाई मज्जाले लेखेकी छ्न् पवित्राले । उनको भाषामा शक्ति छ ।
मान्छेलाई प्रेमपत्र एउटा उमेरमा असाध्यै उन्नत स्तर साहित्य जस्तो लाग्छ । प्रेम गर्ने हरेकलाई लाग्छ, म नै संसारको उत्कृष्ट प्रेमी–प्रेमिका हुँ। प्रेमपत्रमा मानिसले आफ्नो भावनाहरुको उत्कर्ष पाउँछ । प्रेमपत्रका अक्षरहरु उमेरगत र वैंसालु उन्मादले लेखिन्छन् सायद । पवित्राले त्यस्तै उमेरगत उन्मादको जगमा सन्देशमूलक साहित्य लेखेकी छन् ।
फूलबारीमा फैलिने सुगन्धको लहरजस्तो वा हिमाल देखिने हिउँजस्तो सुन्दर हुन्छ प्रेमपत्र । स्वच्छ र असल हृदयले लेखेको प्रेमपत्र मानिसले गर्न सक्ने निस्वार्थ काम हो । यसमा शक्ति हुन्छ । पवित्राले आफ्नो उमेरगत अनुभूतिलाई त्यहीँ ढंगले प्रस्तुत गरेकी छ्न् । सानो आकारको भएपनि यी दुवै कृतिको महत्त्व दीर्घकालीन छ ।
सानै उमेरमा यति सरल र सहज भाषामा बुझिने गम्भीर साहित्य लेखेकी पवित्राको साहित्यिक भविष्य उज्ज्वल छ । उनले लेख्न छोडनु हुन्न । साहित्यको अध्ययन अझै धेरै गर्नुपर्छ । आगामी दिनमा पनि त्यस्तै साहित्य सिर्जना गरेर नेपाली साहित्य समृद्ध बनाउनु पर्छ ।