Logo

थप उपचारका लागि रविका ड्राईभरलाई ल्याइयो काठमाडौं



काठमाडौं, ५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालकलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

उनलाई हेलिकोप्टरमार्फत आज काठमाडौं ल्याइएको हो । भैंसेपाटीमा रहेको मेडिसिटी अस्पतालमा उनको उपचार हुने बताइएको छ । रास्वपाका सभापति लामिछानेको अनुसार उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot