Logo

भाजपा विदेश विभाग प्रमुख चौथाईवालेले भेटे देउवा, नेपाल र श्रेष्ठलाई



काठमाडौं, ५ बैशाख । भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा.विजय चौथाईवालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन्।

भाजपा विदेश प्रमुख चौथाइवालेले मंगलबार उनीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।

भेटमा दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउने विषयमा छलफल भएको जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot