Logo

इनरुवा अस्पतालका सबै स्वास्थ्य सेवा प्रविधिमैत्री बनाउने तयारी



सुनसरी, ५ बैशाख । सुनसरीको जिल्ला अस्पताल इनरुवालाई स्वास्थ्य सेवा प्रविधिमैत्री बनाउने तयारी गरिएको छ।

जिल्ला अस्पताल सुनसरी इनरुवाका मेडिकल सुपरिडेन्टे्रन्ड डाक्टर देवराज घिमिरेका अनुसार सेन्टर फर इन्फरमेसन एण्ड कम्युनिकेशन टेक्नोलोजी फर डेभलपमेन्टसँगको सहकार्यमा स्वास्थ्य सेवामा सूचना तथा संचार प्रविधिमैत्रीको प्रयोगगरि भरपर्दो व्यवस्थापन गर्न लागिएको हो।

आइतबार जिल्ला अस्पतालमा कार्यरत अस्पताल व्यवस्थापन, अस्पताल प्रशासन र स्वास्थ्य सेवामा कार्यरत रहेका चिकित्सक, कर्मचारीसँग सेन्टर फर इन्फरमेसन एण्ड कम्युनिकेशन टेक्नोलोजी फर डेभलपमेन्टका प्रतिनिधिले भेटघाटगरि सूचना तथा संचार प्रविधीमैत्री प्रयोगका बारेमा छलफल गरेका थिए।

अस्पतालको व्यवस्थापन र प्रशासनसँग भएको भेटमा डेभलपमेन्टका पवन शाक्यले जिल्ला अस्पताल व्यवस्थापन, बिरामी बिवरण व्यवस्थापन तथा टेलिमेडिसिनका अत्याधुनिक सूचना तथा संचार प्रविधिलाई अधिकत्तम सदुपयोग गर्दै स्वास्थ्यसेवा गुणस्तर अभिवृद्धि गर्ने उपायहरूको बारेमा जानकारी गराएका थिए।

स्वास्थ्य सेवामा सूचना तथा संचार प्रविधी प्रयोगगरि डिजीटल स्वास्थ्यलाई प्रभावकारी रुपमा व्यवहारमा प्रयोगमा ल्याउन जिल्ला अस्पतालसँग सहकार्य गरिने शाक्यले बताएका थिए।

अस्पतालले सहकार्यको प्रस्ताव सकारात्मक रहेकाले अस्पताल सुधारसँगै बिरामीको उपचारमा डिजिटल प्रविधिको सूचना व्यवस्थापनले विश्वसनियता बढाउने जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot