Logo

कांग्रेस : तनहुँ, चितवन र बाराका कार्यकर्तामाथिको कारवाही फुकुवा



काठमाडौं, ५ बैशाख । नेपाली कांग्रेसले तनहुँ, चितवन र बारा जिल्लाका कार्यकर्तामाथिको गरिएको कारवाही फुकुवा गरेको छ।

कांग्रेसले मंगलबार एक विज्ञप्ती जारी गर्दै कारवाही फुकुवा गरेको जनाएको छ।

कांग्रेसको अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले विज्ञप्ति जारी गर्दै २०७४ साल र २०७९ सालमा भएका निर्वाचनमा पार्टीविरुद्ध गतिविधि गरेका सबै नेता/कार्यकर्तामाथिको कारवाही फुकुवा गरेको जनाएका हुन्।

२०७४ साल र २०७९ सालमा भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका र त्यस्ता बागी उम्मेदवारका प्रश्तावक र समर्थक बसेका तथा पार्टी र पार्टीको उम्मेदवारको हित विपरितका गतिविधिमा संलग्न भएका कारण, पार्टी विधान र नियमावली बमोजिम स्वतः कारवाहीमा परेका तथा पार्टीको जिल्ला, प्रदेश र केन्द्रीय अनुशासन समितिको निर्णयबाट अनुशासनको कारवाहीमा परेका तनहुँ, चीतवन र बारा जिल्लाका पार्टीका सम्पूर्ण सदस्यहरुको अनुशासनको कारवाही आजैका मितिदेखि लागू हुने गरी फुकुवा गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot