Logo

राष्ट्रपति पौडेललाई अस्पतालबाट निकालियो,उपचारका लागि एयर एम्बुलेन्सबाट भारत लगिदै



काठमाडौं,६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लैजान त्रिवि शिक्षण अस्पतालबाट निकालिएको छ । उनलाई त्रिभुवन विमानस्थलबाट दिल्ली लैजान अस्पतालबाट निकालिएको हो ।

स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति पौडेललाई थप उपचारका लागि श्री एअरलाइन्सको एयर एम्बुलेन्सबाट भारतको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) अस्पतालमा लैजान लागेको हो । अस्पतालबाट निकालेर एयरपोर्ट लगिएको हो  ।

बिहान साढे ९ बजे भारत प्रस्थान गरिसक्ने भनिएपनि केही ढिलो भएको राष्ट्रपति सचिवालयले जनाएको छ । परिवारको आग्रहमा उनलाई थप उपचारका लागि भारत लैजान लागेको हो ।



प्रतिक्रिया दिनुहोस्