Logo

पर्यटन बोर्डको पहलमा म्यानमार–भैरहवा सिधा उडानको तयारी



काठमाडौं,६ वैशाख । म्यानमारको राजधानी यंगुनबाट भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा सञ्चालनको तयारी भएको छ ।

नेपाल पर्यटन बोर्डको पहलमा दुई देश बीचको सिधा हवाई उडानका लागि उच्चस्तरीय छलफल सुरु भएको हो । बौद्ध धर्मावलम्बी भएको देश म्यानमारबाट सिधा उडान गर्न सके लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न सहयोग मिल्ने अपेक्षासहित बोर्डले यो पहल गरेको हो ।

यसका लागि बोर्डले मङ्गलवार नेपालका लागि म्यानमारका राजदूत र म्यानमारका लागि नेपाली राजदूत, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी, लुम्बिनी विकास कोषका पदाधिकारी तथा म्यानमार नेशनल एयरलाइन्सका कार्यकारी प्रमुखसहित सरोकारवालासँग काठमाडौँमा उच्चस्तरीय छलफल गरेको छ ।

छलफलका क्रममा नेपाली पक्षले म्यानमारबाट भैरहवा सिधा उडानको म्यानमार तयार रहे आवश्यक सहयोगका लागि नेपाल तयार रहेको बताउँदै म्यानमारको टोलीलाई थप प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।छलफल कार्यक्रममा लम्बिनी विकास कोषका उपाध्यक्ष मैत्य शाक्यपुत्ताले नेपाल र म्यानमार बीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै सिधा उडान हुन सके म्यानमारबाट लुम्बिनी आउने पर्यटकहरु बढने बताए ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले म्यानमार नेशलन एअरलाइन्सले गौतमबुद्ध विमानस्थलमा उडान गर्न नेपालको तर्फबाट विभिन्न छुट,सुविधा तथा अन्य आवश्यक सहयोग गर्न आफुहरु तयार रहको बताए । उनले सिधा उडान गर्न सकेमा दुवै देशले पर्यटनका माध्यमबाट फाइदा लिनसक्ने बताए ।

यस्तै म्यामारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेले म्यानमार भैरहवा सिधा उडानबारे म्यानमारको सरकारीपक्षसंग सम्बाद भइरहको सन्दर्भमा म्यानमारको टोली नै नेपाल आउनुले उडानको लागि थप बल पुग्ने विश्वास व्यक्त गरे ।

यस्तै नेपालका लागि म्यानमारका राजदूत सेन ओले सिधा उडान गर्नेबारे आफुहरु सकारात्मक रहेको उल्लेख गर्दै यसको प्राविधिक पक्षको अध्ययन पछि नयाँ सम्भावनाबारे जानकारी गराउने प्रतिवद्धता व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot