Logo

कान्छी सांसद निशा डाँगीको स्वकीय सचिवमा सुस्मिता क्षेत्री नियुक्त



काठमाडौं,६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीको स्वकीय सचिवमा पर्वतकी सुस्मिता क्षेत्री नियुक्त भएकी छन् ।

प्रतिनिधिसभाकी कान्छी सदस्यसमेत रहेकी डाँगीले नयाँ अभ्यास गर्दै खुल्ला प्रतिस्पर्धाबाट स्वकीय सचिव छनोट गरेकी हुन्।

गत चैत १६ गते निशाले एक साताको म्याद राखेर स्वकीय सचिवका लागि भ्याकेन्सी खुलाएकोमा ११६ जनाले आवेदन दिएका थिए । उनीहरूबाट पहिलो चरणमा ३५ जना छनोट भएका थिए भने १९ जनाले लिखित र मौखिक परीक्षा दिएका छन् ।

यसको नतिजा निशाले सामाजिक सञ्जालमा प्रकाशित गरेकी छन् । जसअनुसार पर्वतको राम्जा देउरालीकी सुस्मिता क्षेत्री स्वकीय सचिव बन्न सफल भइन् । विराटनगरकी अपेक्षा सुबेदी र पोखराकी कविता आचार्य वैकल्पिकमा परेका छन् ।

उम्मेदवारहरूको लिखित, मौखिकसँगै कम्युटर टेस्ट समेत गरिएको थियो । शैक्षिक पृष्ठभूमि, कानून र राजनीतिको ज्ञान तथा अनुभव, नेतृत्व गर्ने क्षमता, सिर्जनशीलता आदि हेरेर मूल्यांकन गरेको निशाले जनाएकी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot