Logo

ओलीप्रति घनश्यामको कटाक्ष, ‘मलाई जे गर्दा फाइदा हुन्छ त्यही गर्छु भन्नु नै ओलीवादको सिद्धान्त हो’



काठमाडौं, ६ बैशाख । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुषालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै आफूलाई जे गर्दा फाइदा हुन्छ त्यही गर्छु भन्नु नै ओलीवादको सिद्धान्त भएको बताएका छन्।

बुधबार एकीकृत समाजवादी निकट विधार्थी संगठन अनेरास्ववियूको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महासचवि भुषालले एमाले अध्यक्ष ओलीप्रति कटाक्ष गर्दै आफूलाई जे गर्दा फाइदा हुन्छ त्यही गर्छु भन्नु नै ओलीवादको सिद्धान्त भएको बताएका हुन्।

उनले भने, ‘हामीले बनाएको धेरै राम्रो पार्टीभित्र एउटा मुसल जन्मियो। यदुवंशी मुसल जन्मियो। त्यो ओलीवादको मुसल थियो। ओलीवाद भनेर मैले व्यक्तिगत कुरा गर्न खोजेको होइन। त्यो एउटा प्रवृत्तिको रूपमा हुर्कियो। त्यसमा विचार म हो, मेरा हो भन्नेभयो। मलाई जे गर्दा फाइदा हुन्छ त्यही गर्छु त्यही नै ओलीवादको सिद्धान्त हो। म विचार हो, मेरो फाइदा सिद्धान्त हो। मेरा समर्थकमात्रै असल हुन् अरु सबै शत्रु हुन्। यति भएपछि ओली प्रवृत्तिको मुसल तयार भयो।’



प्रतिक्रिया दिनुहोस्

Screenshot