काठमाडौं,६ वैशाख । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आजको पेसीपनि स्थगित् भएको छ ।
न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा परेको पेसी बेञ्च बस्न नभ्याएपछि स्थगित् भएको हो ।
यसअघी मंगलवार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेको मुद्दा पनि समय अभाव भन्दै हेर्न नभ्याइनेमा परेको थियो ।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै मेयर साहविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।
अधिवक्ता पदम श्रेष्ठले काठमाडौँ महानगरपालिकाले कानुनविपरीत फोहोर सङ्कलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर सङ्कलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर सङ्कलन र विसर्जन गर्नु पर्नेलगायतका मागसहित सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।