काठमाडौं, ६ बैशाख । बेनेलीको आधिकारिक विक्रेता केटिएम इन्टरनेशलन ट्रेडिङले नयाँ वर्ष २०८० को अवसरमा ‘नयाँ सफर, दमदार अफर’ योजना ल्याएको छ। यो अफर बेनेली मोटरसाइकल र स्कुटरमा लागु हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यस अफरमा ग्राहकहरुले ६० हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन्। यसमा नगद छुट, बेनेली ब्राण्डको हेल्मेट, २०८०/८१ को वार्षिक सडक कर सहुलियत तथा अन्य आकर्षक उपहारहरु हुने कम्पनीले जानकारी दिएको छ।
यस अफरबाट तीन फाइदा लिन सकिने कम्पनीले जनाएको छ। यसमा ३५ हजार नगद छुट पाइनेछ साथै, १२ हजार रकम बराबरको बेनेलीको हेल्मेट निःशुल्क पाइने कम्पनीले जनाएको छ।
यसैगरी, २०८०/८१ को वार्षिक सडक कर सहुलियत (सरकारी नियम अनुसार) तथा आकर्षक उपहारहरु पनि उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।
बेनेली नेपालले विभिन्न सात मोडलका बाइकहरु बिक्री गर्दै आइरहेको छ। जसमा टीएनटी १५ कम्प्युटरबाट चेक गर्न सकिने फिचर भएको बाइक हो। टीएनटी १५० आईमा राम्रो बनावट, आकर्षक लुक्स, डाउन फोक्र्स र इएफआई सिष्टम उपलब्ध छ।
यस्तै, १८० एस र टीएनटी २५१ ग्राहकको रोजाई अनुसार मनोरञ्जन र साहासिक यात्राको लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ। ३०१ एस विशेष डिजाइनसहित दुईवटा इञ्जिनले युक्त छ।
टीएनटी ६०० आई यो मोटरसाइकल चार सिलिण्डरयुक्त छ। ७२५ एस यसमा बढी पावरयुक्त इञ्जिनको क्षमता छ। यो महंगो बाइकहरुमा पर्छ।
यी मोडलहरुको मूल्य २ लाख ६४ हजारदेखि २५ लाख १५ हजार रुपैयाँसम्म रहेको छ। कम्पनीले अहिले नेपालमा नै यसको एसेम्बल गरी बिक्री गरिरहेको छ।