Logo

महोत्तरीमा बसको ठक्करबाट एकै परिवारका तीनजनाको मृत्यु



काठमाडौं,६ वैशाख । महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिराहाको कल्याणपुर नगरपालिका -१० का वर्ष २६का अमृत मण्डल,उनको श्रीमती वर्ष २४की अञ्जु मण्डल र सात वर्षकी भतिजी अंशु मण्डल रहेको प्रहरीले जनाएको छ ।

आज दिउँसो गौशाला सम्सी सडक खण्डको रेल्बेट्रयाक नजिक जनकपुरतर्फ आउँदै गरेको बा ३ ख २३९६ नम्बरको बसले गौशालातर्फ जाँदै गरेको मधेश प्रदेश ०१००४ प ६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।



प्रतिक्रिया दिनुहोस्