Logo

खड्काले सम्हाले कानुन मन्त्रालयको कार्यभार



काठमाडौं,६ वैशाख । कानुन मन्त्रालयको समेत जिम्मेवारी पाएका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले आफ्नो कार्यभार सम्हालेका छन् ।

बुधवार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर खड्काले कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

खड्कालाई मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन मन्त्रालयको पनि जिम्मेवारी दिएका हुन् ।
खड्का प्रचण्ड नेतृत्वको सरकारमा चैत १७ गते प्रधानमन्त्री पछिको दोस्रो वरियतासहित सहभागी भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot