Logo

कहाँ ग्यारेन्टी बस्नुपर्छ म बस्छु तर जनताको काम गरेर देश बनाउने अभियानमा लाग्नुस : उद्योगमन्त्री रिजाल



पर्सा, ६ बैशाख । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले जनताको कामहरु छिटो छरितो गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

पर्सा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा जिल्ला भरिका सरकारी कार्यालय प्रमुखहरुको उपस्थिति रहेको कार्यक्रममा मन्त्री रिजालले पर्साको ठोरी, निर्मलबस्ती र बिजयबस्तिको जग्गा अहिलेसम्म हाल साविक हुन नसकेको प्रति प्रश्न गर्दै जनतालाई सास्ती नदिई सहज तवरले कामहरू सम्पन्न गर्न निर्देशन दिएका हुन्।

स्थानीय जनतालाई पुरानो नापीले लालपूर्जा हस्तान्तरण गरेपनि नयाँ लालपूर्जा र हाल साविक हुन भने सकेको छैन। मन्त्री रिजालले कामका लागि आउने जनतालाई कार्यालयमा झारोटार्ने अनि कुरा ब्यङ्गाउने जस्ता गुनासाहरु दिनहुँ आउने गरेकोसमेत कर्मचारीहरुलाई अवगत गराए।

‘कहाँ ग्यारेन्टी बस्नुपर्छ म बस्छु तर जनताको काम गरेर देश बनाउने अभियानमा लाग्नुस,’ भन्दै मन्त्री रिजालले देशमा रहेको आर्थिक संकटसँग लड्न कर्मचारीहरुको अहम भूमिका रहने बताउँदै काधमा काध मिलाएर अघि बढ्नसमेत निर्देशन दिएका छन्।



प्रतिक्रिया दिनुहोस्