Logo

अहिलेसम्म सरकार बन्न सकेको छैन, मन्त्रालय फालाफाल छन् : विप्लव



काठमाडौं, ६ बैशाख । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मंसिरमा चुनाव भएको तर मन्त्रालय फालाफाल रहँदापनि अहिलेसम्म सरकार बन्न नसकेको बताएका छन्।

बुधबार ‘राजनीतिक अस्थिरता, आथिर्क संकट र सञ्चारको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव विप्लवले मंसिरमा चुनाव भएको तर मन्त्रालय फालाफाल रहँदापनि अहिलेसम्म सरकार बन्न नसकेको बताएका हुन्।

उनले भने, ‘मंसिरमा चुनाव भएको हो, अहिलेसम्म सरकार बन्न सकेको छैन। मन्त्रालय फालाफाल छन्। कोही के भनेको छ, कोही के भनेको छ, एक हिसावले भन्दा सरकार नै छैन। पञ्चायतको भन्दा पनि तल पुगेको छौँ। नेगेटिभ पार्टबाट हेर्दा पञ्चायतमा राजनीति निरंकुश भएपनि आर्थिक क्षेत्रले हेर्दा आजको जस्तो दिनमा आइपुगेको त थिएन।’



प्रतिक्रिया दिनुहोस्