Logo

विहिबारको सूर्यग्रहण नेपालबाट नदेखिने, विदेशमा बस्ने नेपालीले अनिवार्य बार्नुपर्ने



  • ज्योतिष तथा वास्तुविद् सुरेश चन्द्र रिजाल

काठमाडौं, ६ बैशाख । भोलि अर्थात ७ गते बिहिवार बिहान लाग्ने सूर्यग्रहण नेपालको कुनैपनि भूभागबाट नदेखिने भएकाले कुनै प्रकारका दोष नलाग्ने र बार्नुपनि नपर्ने ज्योतिष‍हरुले जानकारी गराएका छन्।

ग्रहण अन्य देशमा बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म भनिएतापनि स्थानीय समयअनुसार फरक फरक समयमा लाग्ने छ।

बिहिवार बिहान सूर्योदयसँगै पूर्वी एसियाली देश इण्डोनेसिया, मलेसिया, अष्ट्रेलिया, मकाउ, ताइवानलगायत पूर्वी चीनबाट पनि ग्रहणको प्रत्यक्ष्य अवलोकन गर्न मिल्ने उल्लेख गरिएको छ।

बिहिवार लाग्ने ग्रहण युरोप, अमेरिकालगायतका अन्य कुनैपनि देशहरुबाट देखिने छैन। शास्त्रीय नियमअनुसार नदेखिएको ग्रहणबाट कुनैपनि प्रकारका दोष नलाग्ने हुँदा बार्नु नपर्ने उल्लेख गरिएको छ।

अश्विनी नक्षत्र, बिहीबार, पर्व विशेष माता तीर्थ औँसी तथा मेष राशीमा लाग्ने ग्रहणलाई शास्त्रले अशुभ व्याख्या गरेको पाइदैन। विशेष मेष, कन्या, बृश्चिक, मकर र मीन राशिका मानिसहरुले विशेष सावधानी अपनाउनु पर्नेछ।

मातातीर्थ औँशी अश्विनी नक्षत्र, बिहिवार, मेष राशीमा परेको ग्रहणयोग दान, तर्पण तथा कुनैपनि प्रकारका मन्त्र साधना गर्नका लागि भने अतिशुभ मानिएको छ। जन्मकुण्डलीमा नाग दोष या कुनै पनि प्रकारका ग्रहण दोष योग परेको छभने विधिअनुसार प‍ूजा तथा आराधना गर्नाले सम्पूर्ण दोषमुक्त हुने शास्त्रमा उल्लेख गरिएको छ।

बृहस्पति अस्त भएतापनि नित्य पूजा तथा नियमितरूपमा मन्त्रजप गरिएका मन्त्रहरु साधना गर्ने कुनै प्रकारको दोष नलाग्ने त्येसमापनि बृहस्पतिबार शुभबार भएकाले साधना पूराहुने उल्लेख गरिएको छ।

बिहीबार बिहान ९ बजेर ५९ मिनेटसम्म मात्रै औँसीतिथी रहने पंञ्चाङ्गहरुमा उल्लेख गरिएको छ।

वैज्ञानिक तथा खगोलविद्का लागि यस्ताखाले खगोलीय घटनाहरुलाई विश्वभर निक्कै महत्वका साथ हेरिने भएकोले यसको चर्चा अधिक मात्रामा हुने गरेको हो। एक पटक लागेको ग्रहण पुन: दोहोरिन मानिसले धेरै लामो समयपछि मात्रै ठिक यही समयमा यस्तैखाले ग्रहण देखापर्दछ।

अत: लामो समय कुर्नुपर्ने भएकाले पनि यस्ता ग्रहण योगका पर्वलाई विशेष महत्वका साथ शास्त्रमा व्याख्या गरिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot