Logo

ब्याज, हर्जाना र पेनल छुट गरीदिन वायु सेवा निगमले लेख्यो पत्र



काठमाडौं, ७ बैशाख । नेपाल वायु सेवा निगमले ब्याज, हर्जाना र पेनल छुट गरीदिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई पत्र पठाएको छ।

विश्वव्यापी कोरोना भाइरसका कारण व्यापारमा प्रतिकूल असर परेको भन्दै सो अवधिको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई पत्र पठाएको हो।

गत वर्षको असारता २ अर्ब ९४ करोड २८ लाख ६५ हजार रूपैयाँ भुक्तानी गरिसकेको निगमले किस्ताको संख्या बढाइ ऋण भुक्तानीलाई सहजीकरण गरिदिन पनि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको विज्ञप्ती मार्फत जनाएको छ।



प्रतिक्रिया दिनुहोस्