Logo

रेकर्ड ब्रेक गर्दै करोड क्लबमा प्रकाश सपुतको ‘सकम्बरी’



काठमाडौं, ७ वैशाख । गायक एवं निर्माता प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ले सार्वजनिक भएको सात दिनमा युट्युबमा एक करोड भ्युज पाउँदै आफ्नै गीत ‘पीर’ ले बनाएको रेकर्ड ब्रेक गरेको छ ।

गत वर्ष फागुनमा सार्वजनिक भएको ‘पीर’ बोलको गीतले पनि रिलिजको सात दिनमै एक करोड भ्युज पाएर रेकर्ड कायम गरेको थियो तर उक्त गीतलाई लिएर माओवादी समर्थकहरुले विरोध जनाएपछि उनले सो गीत युट्युबबाट हटाएका थिए ।

गत बिहीवार सार्वजनिक भएको यो गीत हालसम्म एक करोड ९ हजार ६ सयभन्दा बढिले हेरिसकेका छन् भने १८ हजारले प्रतिकृया जनाएका छन् । त्यस्तै ३ लाख ८७ हलारले लाइक गरेका छन् ।

पछिल्लो समय गायक सपुतले नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । उनको सिर्जनालाई लिएर चौतर्फी प्रशंसाकोसाथै आलोचना पनि हुने गरेको छ ।

गत बिहीवार रिलिज गीत सकम्बरीलाई लिएरपनि अहिले सामाजिक सञ्जालमा पक्ष र विपक्षमा बहस सिर्जना गरिदिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot