Logo

२ करोड बढीको लागूऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ



काठमाडौं, ७ बैशाख । नेपाल प्रहरीले लागूऔषध कोकिन १ केजी ८० ग्रामसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले उनीहरुलाई बिहीबार पक्राउ गरी सार्वजनिक गरेको छ।

पत्रकार सम्मेलन गर्दै प्रहरीले पक्राउ पर्नेमा भारतको उत्तरप्रदेशस्थित अलिग्राहका ५१ वर्षीय रविन्द्रकुमार परासर र केन्याकी वर्ष ६३ की पिलिसिला वान्जा एन्ड्रिटुलाई रहेको बताएको छ।

रविन्द्रकुमारलाई वैशाख ५ गते काठमाडौंको ठमेलस्थित एक होटलबाट पक्राउ गरेको हो भने एन्ड्रिटुलाई ठमेलस्थित नै अर्को होटलबाट युएस एक हजार डलरसहित पक्राउ गरिएको पत्रकार सम्मेलनमार्फत प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरुको साथबाट कालो रंगको कपडाको झोलाभित्र लुकाइरहेको खैरो रंगको लेडिज ब्यागमा फल्स बटम बनाइ लुकाइ छिपाइ राखिएको अवस्थामा लागुऔषध १ केजी ८० ग्राम कोकिनसहित पक्राउ गरिएको र केनियन महिलाबाट एक सय अमेरिकी डलरसहित पक्राउ गरेको जनाएको हो।

बरामद गरिएको कोकिनको अन्दाजी बजार मूल्य २ करोड ३३ लाख २८ हजार रहेको प्रहरीले बताएको छ।



प्रतिक्रिया दिनुहोस्