Logo

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र रुसी उपप्रधानमन्त्रीबीच भेटवार्ता



काठमाडौं, ७ बैशाख । रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसका उपप्रधानमन्त्री डिएन चेर्नुस्सेन्कोबीच बिहीबार मस्कोमा शिष्टाचार भेट भएको छ।

अध्यक्ष तिमिल्सिना र रुसी उपप्रधानमन्त्री चेर्नुस्सेन्कोकाबीच भएको भेटमा आपसी समझदारी र लगानीका क्षेत्रहरुका बारेमा छलफल भएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ।

भेटमा अध्यक्ष तिमिल्सिनाले नेपालमा उर्जा, पर्यटन, ब्यापार क्षेत्रमा लागनी अभिबृद्धि र यातयात क्षेत्रको पुर्वाधार बिकासमा सहकार्यका पर्याप्त संभावना रहेको उल्लेख गर्दै नेपालमा राजनैतिक स्थायित्व कायम भई लगानीमैत्री वातावरण बन्दै गएकोले पुर्वाधार र उर्जा क्षेत्रमा रुसी लगानी भित्रने बिश्वास ब्यक्त गरे।



प्रतिक्रिया दिनुहोस्