Logo

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक



काठमाडौं, ७ बैशाख । सरकारले मन्त्रिपरिषद्‍का निर्णय सार्वजनिक गरेको छ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले सार्वजनिक गरेकी हुन्।

मन्त्रिपरिषद्ले नेपाल-भारत पेट्रोलिएम तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको बैठक आयोजना गर्ने निर्णय गरेको छ।

यस्तै, अवधारणा पत्र स्वीकृत गर्दै शंकरप्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक संस्थान सुझाव समिति गठन गर्ने निर्णयसमेत गरेको छ।

हेर्नुहोस् निर्णय



प्रतिक्रिया दिनुहोस्