Logo

बजेट बनाउन अर्थमन्त्री महतको ‘कोर टीम’मा ३ जना



काठमाडौं, ७ बैशाख । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि विज्ञ समूह गठन गरेका छन्।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् विश्‍व पौडेल, अर्थविद् डा. पोषराज पाण्डे र राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट रहेको विज्ञ समूह गठन गरेका हुन्।

अर्थमन्त्री महतले आगामी बजेटबाट नीतिगत सुधारका साथै बजेटलाई यथार्थपरक बनाउने प्रयास गर्ने उनको सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्