Logo

शेरबहादुरजीसँग मेरो लभ परेको छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, ७ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफ्नो लभ परेको बताएका छन्।

बिहीबार चितवन-२ को चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने सभापति शेरबहादुर देउवासँग आफ्नो लभ परेको बताएका हुन्।

उनले भने, ‘हामी एउटा गठवन्धनबाट चुनाव जित्यौं, प्रधानमन्त्री हुँदा कता कता पुगियो पुगियो, म प्रधानमन्त्री भए पनि खुसी हुन सकिनँ, शेरबहादुरजी पनि मलाई प्रधानमन्त्री बनाउन नपाएकोमा दुःखी हुनुभयो, अन्ततः हामी लभ परेकाहरु एक ठाँउमा भयौं।’



प्रतिक्रिया दिनुहोस्

Screenshot