Logo

जिताएर संसद्‍मा पठाउनुस्, बाराका सारा समस्याहरू समाधान गर्छु : उम्मेद्‍वार यादव



काठमाडौं, ७ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं बारा-२ मा सत्ता गठबन्धनबाट उम्मेद्‍वार रहेका उपेन्द्र यादवले जिताएर संसद्‍मा पठाए आफूले बाराका सारा समस्याहरुलाई समाधान गर्ने बताएका छन्।

बिहीबार बारा-२को चुनावी सभालाई सम्बोधन गर्दै उम्मेद्‍वार यादवले आफूलाई जिताएर संसद्‍मा पठाए बाराका सारा समस्याहरुलाई समाधान गर्ने बताएका हुन्।

‘गठबन्धनको उम्मेदवार मलाई जिताएर संसदमा पठाउनुस्, बाराका सारा समस्याहरू समाधान गर्छु र सरकारबाट गराउँछु,’ उनले भने।

आफूलाई जिताएर पठाए निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम यथाशीघ्र सुरु गराउन सरकारलाई दबाब दिने, नागरिकताको समस्या समाधान छिट्टै हुने, गढीमाई मन्दिरलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गरिने, घरबारविहीन विपन्न र दलितहरूलाई जनता आवास कार्यक्रममार्फत् घर उपलब्ध गराउने यादवले बताए।



प्रतिक्रिया दिनुहोस्